विश्वकप : अष्ट्रेलिया ४१ रनले विजयी, पाकिस्तानको दोस्रो हार
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार १०:२८
गौरब ।
आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले दोस्रो हार ब्यहोरेको छ । बुधबार भएको खेलमा पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।

जसमा उसका कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि ब्यक्तिगत २० रनमा आउट भए । मध्यक्रमका खेलाडी क्रिजमा टिक्न नसकेका बेला ओपनर डेविड वार्नरले सतकीय पारी खेले ।

जसमा उनले एक सय ११ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय सात रन बनाए । उसका सन मार्सले २३ तथा उस्मान ख्वाजाले १८ रनको योगदान गरे । यस्तै नाथन कट्लर नीलमात्र दुई रनमा आउट भए । एलेक्स क्यारीले २० रन थपे ।
बलिङमा मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे ।
जवाफमा पाकिस्तान ४५ ओभर चार बलमा रनमा समेटियो । निकै खराव सुरुवात गरेको पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए ।
तर दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमविच अर्धसतकीय पारीको साझेदारी भएको थियो । जसमा अजाम ३० रनमा आउट भए । तेस्रो विकेटका लागि इमाम र मोहम्मद हफिज विच पनि ८० रनको साझेदारी हुँदा पाकिस्तान सम्हालिन खोजेको थियो । तर इमाम ५३ रनमा आउट भएपछि पाकिस्तानले तेस्रो विकेट खेर फाल्यो ।
लगत्तै मोहम्मद हफिज ४६ रनमा आउट भएपछि पाकिस्तानको एक सय ४६ रनमा चौथो विकेट गयो । तर त्यसपछि सोयब मलिकले खाता खोल्न नसक्दा र आसिफ अली ५ रनमा आउट भएपछि पाकिस्तानले दुई सय रन बनाउदा सात विकेट गुमायो । उसका हसन ली ३२ रनमा पेभेलियन फर्किए ।
आठौं विकेटका लागि वाहेब रियाज र कप्तान सरफराज अलीले ६४ रनको साझेदारी गरेका थिए । तर रियाज ४५ रनमा आउट हुन पुगे । तर त्यसपछि भने पाकिस्तानले एकपछि अर्को विकेट गुमाउन पुग्यो ।
बलिङमा अष्ट्रेलियाका प्याट कुमिन्सले तीन तथा मिचेल स्टार्क र रिचार्डसनले दुई दुई विकेट हात पारे ।




प्रतिकृया