दुई मोटरसाइकल जुध्यो , दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार १०:२५
File photo
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज२प ७८८६ नम्बरको मोटरसाइकल एकापसमा गएराति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रहरीका अनुसार दुवै मोटरसाइकलमा चालकसहित तीन-तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । घाइतेको बिरगंज अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिकृया