• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

आज दक्षिण अफ्रिका भर्सेस वेष्ट इण्डिज

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार १०:४५

यसअघिका तीनै खेलमा पराजय ब्यहोरेर विश्वकपको खराव सुरुआत गरेको दक्षिण अफ्रिकाले पहिलो जितको आशाका साथ आज साउथह्याम्प्टनमा वेष्ट इण्डिजको सामना गर्नेछ ।

यस खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे द ह्याम्पसायर मैदानमा सुरु हुनेछ ।

Kamana Sewa

राउण्ड रोविन प्रणालीमा जारी १० टोली सम्मिलित विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नैपर्नेछ ।

Classic Tech Desktop

सुरुआती २ खेलमा जित हासिल गरी अष्ट्रेलियासँग पराजित भएपछि वेष्ट इण्डिजका लागि पनि दक्षिण अफ्रिकाबिरुद्ध पुनरागमनको अवसर हुनेछ ।

दक्षिण अफ्रिका आफ्नो अनिश्चित ब्याटिङलाइन, अनुभवी फाष्ट बलरहरु फिट नहुनुको चोट ब्यहोरिरहेको छ । निकै नै आक्रामक वेष्ट इण्डिजको बलिङको सामना गर्न दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरुले आफ्नो स्तर बढाउनुपर्नेछ ।

साउथह्याम्प्टनको मौसम दिनभर बदली रहने अनुमान गरिएको छ । अपराह्नको समयमा वर्षा पनि हुन सक्छ । त्यसैले फाष्ट बलरहरुका लागि उपयुक्त पीच हुनेछ।

प्रतिकृया