पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि
प्रकाशित मिति
२०७६ जेष्ठ २७ गते, सोमबार १०:४२
गौरब ।
युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । फाइनलमा नेदरल्याण्ड्सलाई एक शुन्यले हराउँदै पोर्चुगलले तीन बर्षमा दोस्रो उपाधि जित्न सफल भयो ।
घरेलु मैदानमा भएको फाइनलमा पोर्चुगलको जितमा एकमात्र गोल गोन्सालो गुइडेसले गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६० औं मिनेटमा गोन्सालोले गोल गर्न सफल भए ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध नेदरल्याण्ड्सले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल भए । सन् १९९८ को विश्वकपपछि पोर्चुगलले युरोपियन प्रतियोगिताको फाइनल खेल आयोजना गरेर उपाधि जित्ने पहिलो देश बनेको छ । सो बेला फ्रान्सले जितेको थियो ।

यो फाइनल खेल रोनाल्डो विरुद्ध नेदरल्याण्ड्सका डिफेन्डर भान जिकको खेलका रुपमा पनि रहेको थियो । गत सिजन दुबै खेलाडीले क्लव स्तरमा उत्कृष्ट खेलेका थिए । रोनाल्डोले सिरी ए को उपाधि जितेका थिए भने भानले लिभरपुलको सात बर्षको च्याम्पियन्स लिगको उपाधिको खडेरीलाई तोड्दै टिमलाई जिताउन महत्वपुर्ण योगदान गरेका थिए ।
सेमिफाइनलमा ह्याट्रिक गरेका ३४ बर्षे रोनाल्डोले खेलमा एकपटक पाएको उत्कृष्ट मौकालाई भानले रोकेका थिए । जसका कारण उनी ८८ औं अन्तर्राष्ट्रिय गोल गर्न असफल भए ।
नेदरल्याण्ड्स पछिल्लो ५ मध्ये चार अन्तर्राष्ट्रिय खेल हार्न पुगेको छ । उसले तीन विश्वकप र एक नेशन्स लिगमा हारेको थियो । पोर्चुगलको मैदानमा यो हारसँगै डच टिम अझै जित विहिन बनेको छ ।
फाइनलका गोल्डेन गोलकर्ता गोन्जालो पछिल्लो आठ खेलमा ५ मा प्रत्यक्ष रुपमा योगदान दिन सफल भएका छन । उनले तीन गोल गर्दा २ एसिस्ट गरेका छन ।




प्रतिकृया