• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

नगरपालिकको गतिबिधिको बिरोध गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०७:२३

भक्तपुर,२३ जेठ ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नगरपालिकाले लागु गरेको एकीकृत सम्पति कर तथा नगरपालिकको गतिबिधिको बिरोध गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
बिभिन्न ब्यानर बोकेको र्याली सहित नगरसभापति सुरेन्द्र श्रेष्ठ र उपप्रमुख अन्जनादेबी मधिकर्मीको नेतृत्वमा गएको कांग्रेस जनप्रतिनिधि सहितको टोलीले नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रजातान्त्रिक मान्यता अनुसार घोषणा पत्र लिएर नगरबासीमा मत माग्न चुनावी मैदानमा उत्रेका मध्यपुर थिमी नगरपालीकाका प्रमुखले जनताको ढाडै भाचिने गरी गैर कानुनी रुपमा बोकाएको कर दस्तुरको भार सशक्त रुपमा बिरोध गर्नु पार्टीहरुको कर्तब्य भएको कांग्रेसले जनाएको छ ।
जनताको आर्थिक स्तर उठाउने दिशामा सिन्को नभाँची करको बोझ बोकाउनु जनतालाई धोका दिनु हो ।त्यस प्रति मौन बस्नु पनि जनताका निम्ती धोका नै हो ,कांग्रेसले भनेको छ कुनै पनि पार्टीले त्यसरी धोका दिनु हुदैन ।
मध्यपुर थिमी नगरपालिकाका बहुसख्यक जनताका तर्फबाट उनीहरुको भाबना तथा चाहनालाई मुखरित गर्न आफ्ना मागका साथै बिरोध र असहमतिको उपचार बिधी र प्रक्रिया पुरÞ्याएर यथासिध्र गरियोस् भन्ने जोडदार आग्रह गर्देछौं ,कांग्रेसले बिज्ञप्ति मार्फत माग गरेको छ ।

Kamana Sewa

प्रतिकृया