• २ असोज २०८३, शुक्रबार
  • १ः०६ राती

कांग्रेस भक्तपुरले गर्यो ३ सय ५० बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०७:०९

भक्तपुर,२३ जेठ ।
नेपाली कांग्रेस भक्तपुरले राष्ट्रिय जागरण अभियान अन्तर्गत आज शैक्षिक सामग्री बितरण गरेको छ ।
अभियान अन्तर्गत कांग्रेसको सुर्यबिनायक नगर कार्यसमितिले ३ वटा सामुदायिक स्कुलका ३ सय ५० बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको हो ।
कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले सुर्यबिनायक नगरपालिका वडा न. ९ स्थित सरस्वती माबि,वडा ८ को सरस्वती आधारभुत बिद्यालय ,वडा नं १० मा अबस्थित दहगाउ आधारभुत बिद्यालयका बिद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

National Life

बितरण गरिएका सामग्रीमा झोला, कपी कलम,बिस्कुट र टिसर्ट रहेका छन् ।
बितरण कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिब निशान ढुंगेल,२ नम्बर क्षेत्रिय सभापति नारायणभक्त खायमली,महासमिति सदस्य बिष्णुराज कार्की, नेता अंगद खड्का ,तरुण जिल्ला अध्यक्ष राजु थापा,महिला संघका अध्यक्ष सरु बनिया नेबिसंघका जिल्ला अध्यक्ष बद्रीराम थापा , कार्यक्रम संयोजक रबि राणा लगायतको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया