• २ असोज २०८३, शुक्रबार
  • २ः२४ राती

वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो नबनाऔं : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०४:०१

नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो बनाउनु नहुने भन्दै रोजगारीको माग गर्दै निवेदन दिएका सवै बेरोजगार युवाहरुलाई रोजगारीको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

National Life

बुधवार भक्तपुर सडक डिभिजन कार्यालयद्वारा विनियोजित रु ५ करोडको लागतमा सूर्यविनायक नगरपालिकाको ध्याम्पेडाँडा रानिकोट हुँदै पनौती जाने सडक स्तरोन्नति ढल र कालोपत्र गर्न शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले वर्तमान सरकारले ययोग्यता, क्षमता तथा दक्षताका आधारमा रोजगारीको ज्ञारेन्टी लिने बताउँदै रोजगारीको खोजीमा अरबको मरुभुमीमा जानुपर्ने बाध्यताको अन्त्य गराउने बताउनुभयो ।

उहाँले २४ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्य तथा श्रममन्त्री गोकर्ण विष्टको विशेष आतिथ्यमा भक्तपुरबाट भव्य रुपमा सुभारम्भ हुने जानकारी गराउँदै भक्तपुर जिल्लामा रोजगारीको लागि निवेदन दिएका सवैलाई राज्यले राजगारीको व्यवस्था गर्ने उद्घोष गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो बनाउने काम गर्नुहुँदैन भन्दै उहाँले हराएको विकासलाई व्युताउने काम भइरहेको र आगामी दिनमा भक्तपुर विकास विना बस्न नसक्ने बताउनुभयो । उहाँले पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा वातावरणीय रुपले घ्याम्पेडाँडा दोस्रो नगकोटरको रुपमा रहेको समेत बताउनुभयो । उहाँले भन्नुयभो, ‘बच्चालाई सानो हुन्जेल अभिभावले पाल्नुपर्छ भने ठूलो भएपछि अभिभावलाई पाल्ने काम गर्छ भने झै अबको केही वर्षपछि सूर्यविनायकलाई आर्थिक रुपमा घ्याम्पेडाँडाले पाल्ने काम गर्छ ।’

थोरै थोरै इनर्जि एक ठाउँमा भएपछि सिनर्जीमा परिणत गर्दै अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले हाम्रो पालमा भन्ने मानसिक रोग भएको बताउँदै अहिलेको सरकारले गरेको राम्रो कामलाई कतिपय राजनीतिक दलले हाम्रो पालामा गरेको भनि नकरात्मक हल्ला गर्ने गरेको बताउनुभयो ।

सरकारले ल्याएको आिर्थक वर्ष २०७६÷०७७ को बजेट लोकप्रीय भएको बताउँदै बृद्धभत्ता, एकल महिला, अपाङ्ग भत्ता लगायतका क्षेत्रमा बजेटले उज्यालो मुहार ल्याएको बताउनुभयो । बजेटले एउटा निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय, स्वास्थ्य वीमा, विद्यार्थीलाई खाजाको व्यवस्था, शैक्षिक प्रमाणपत्र, विदेशबाट फर्केका युवालाई सिपको आधारमा लगायतमा ऋणको व्यवस्था गर्ने, कृषिलाई आधुनिक तथा वैज्ञानिकीकरण गर्दै रोजगारी तथा आत्मनिर्भरको माध्यम बनाउने लगायतका असंख्यक जनमूखी योजनाहरु ल्याएको बताउँदै उहाँले योजनालाई सफल बनाउन सवैको साथ र सहयोग अपरिहार्य रहेको समेत बताउनुभयो ।

 

नीजि तथा सरकारी क्षेत्रको लागानीबाट घ्याम्पेडाँडा सुविधासम्पन्न बन्ने बताउँदै उहाँले संघिय सरकारको पाँच करोडमा कालोपत्रे तथा स्तरउन्नती गर्ने कार्यलाई उक्त सडक वहुवर्षिय योजनामा पार्न सफल भएको साथै उक्त सडक निर्माण तथा विस्तार पनौति नपुगेसम्म निरनतर चलिरहने समेत बताउनुभयो ।

घ्याम्ेडाँडामा घ्याम्पो, भ्यू टावर, प्याराग्लाईडिङ, ट्रकिङ मार्ग, खानेपानीलगायतका विकासका कार्यहरु बनाउने प्रकृयामा रहेको बताउँदै जनता र जनप्रतिनिधिको पसिनाले नै घ्याम्पेडाँडाको मुहार फेरिदै गएको बताउनुभयो ।

 

चिया पसल तथा सामाजिक सञ्जालमा म बाहेक सवै चोर हो भन्ने नकरात्मक प्रवृत्तिहरुलाई हटाउने अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘थोरै मानिसलाई धेरै समयसम्म भ्रममा राख्न सकिन्छ तर धेरै मानिसलाई थोरै समयसम्म मात्र भ्रममा राख्न सकिन्छ, समयलाई सधै भ्रममा राख्न सकिदैन ।’

कार्यक्रममा पनौति नगरपालिकाका प्रमुख, सूर्यविनायक नगरपालिका वडा नं। ७ का वडाध्य रविन्द्र सापकोटा, वडा नं। ८ का वडाध्यक्ष किरण थापा, भक्तपुर सडक डिभिजन कार्यालयका डिई बेल प्रसाद भुजेल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सरकारले के गर्यो भन्नेहरुले भक्तपुर आएर हेरे हुन्छ भन्दै उहाँले सम्झौता अनुसार काम नगर्ने १८ हजार निर्माण व्यवसायीहरुलाई एकै पटक कारवाही गर्ने प्रकृयामा सरकार अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले राजश्व छलि गर्ने प्रवृत्तिको अन्त्य गराउने बताउँदै सरकारले प्रत्येक नेपालीको बैंक खाता भन्ने अभियान सुरु गरको जानकारी गराउनुभयो ।

प्रतिकृया