• २ असोज २०८३, शुक्रबार
  • ३ः४६ राती

नव गायक शुभम को दोस्रो नयाँ गीत रिलिज

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ११:५९

गौरब निरौला , काठमाडौं ।
सम्भावना बोकेका नव गायक शुभम ढकाल ले फेरी अर्को नयाँ गीत बजारमा ल्याएका छन।

National Life

आफनै शब्द रचनामा उनले दोस्रो म्युजिक ‘सुन न’ सार्वजनिक गरेका हुन । उनले यस अघि अत्यन्तै मार्मिक गीत ‘ तिमी सँगै ’ रिलिज गरेका थिए । गीतलाई युगराज खडकाले सम्पादन गरेका छन् भने सुट तथा डिरेक्शन बिकास खडकाले गरेका छन्।

गीतलाई रेर्कड तथा एरेन्ज स्टुडियो नेपालले गरेको छ । अडियो भर्सन मा मात्र निकालिएको यस गीतलाई लब राज थापा मगरले गीतारमा साथ दिएका छन । उक्त गीत उनको अफिसियल युटुब्य च्यानल शुभम ढकाल मार्फत सार्बजनिक गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गायक ढकाल ले हाल अडियो मात्र भएकाले भिडियो पनि अबको केहि समयमा नै रिलिज हुने जानकारी दिएका छन् ।
अहिले भिडियोको पनि तयारी भईरहेको तर केहि समय लाग्ने उनले बताए । भिडियो निकै राम्रो बनाउने आफ्नो सोच रहेको र गीत अनुसारको म्युजिक भिडियो बनाएर दर्शकहरुको सामु पेश गर्ने उनको भनाई रहेको छ ।

अभिनयमा पनि इच्छा राखेका शुभमले आफ्नो पहिलो म्युजिक भिडियोमा पनि आफु नै मोडलको रुपमा देखिएका थिए भने अब यस गीतमा पनि उनै हुने संकेत दिएका छन् ,तर आधिकारिक जानकारी भने उनले अहिले नै दिएका छैनन् ।
साधारण परिवारमा जन्मिएका गायक ढकाल सानैदेखि विभिन्न स्टेज कार्यक्रमहरुमा गीतहरु पस्किदै आउदै गरेका थिए । बाल्यकाल देखिको सपना उनको अहिले आएर पुरा भएको छ .

आखिर समयको गति संगै उनको सांगीतिक यात्रा सुरु भईनै हालेको छ , उनको पहिलो गीत रिलिज भएको केहि महिना नबित्दै युटुबमा धेरै राम्रा प्रतिक्रिया आईसकेको छ भने यस नयाँ गीत पनि धेरै व्यक्तिहरुले गीतको शब्द संगीत निकै मनपराएको देखिएको छ ।
गायक शुभम ढकालले आफुलाई आफ्नो सांगीतिक यात्रा सुरुवात गर्न मदत गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै उनले सबै दर्शक श्रोता प्रति पनि आभार प्रकट गरेका छन् , आफ्नो सांगीतिक यात्रामा आगामी दिन दर्शक श्रोताको मनग्य साथ र सहयोग रहने विश्वास समेत उनले लिएका छन् ।

आफ्नो सांगीतिक यात्रा सुरु भए संगै धेरै चुनौती र अवसर उनको अगाडी आएको छ ।
भोलिका दिन उनले धेरै कुरा सोचेर बुझेर मात्र आफ्नो कदम चाल्नु पर्ने देखिन्छ , हुन त हामीले देखेको अनुसार यस क्षेत्रमा लाग्ने धेरै तर टिकेर बस्न सकेको निकै कम पनि देखेको छौ , उनको हकमा के हुने हो त्यो भने समयले नै बताउने छ । चुनौती संग सामना र अवसरको सदुपयोग कसरी गर्ने हो त्यो भने उनिमा भर पर्दछ ।

तर उनले भने आफुले निकै मेहेनत गरेर अगाडी बढ्ने र यो क्षेत्रबाट पछि नहट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
आफ्नो सनै देखिको चाहना पुरा हुँदै गरेको र यो क्षेत्रमा आफु जहाँ रहे पनि हरदम आबद्ध रहने समेत उनले बताए । यसरी नेपाली गीत संगीतमा दुख गर्छु भन्दै अगाडी बढ्दै गर्दा यो कुरा नेपाली सांगीतिक क्षेत्रको लागि पनि निकै महत्व राख्दछ ।

उनको आगामी दिन कस्तो हुने हो त्यो त दर्शक श्रोताको हातमा नै रहेको छ , तर उनले भने सबै दर्शक श्रोताहरुलाई आफ्नो पहिलो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरी सल्लाह सुझाब र हौसला प्रदान गरिदिनु भएको र अब दोस्रो प्रस्तुति को पनि सहि मुल्यांकन गर्नका लागि हार्दिक अनुरोध गरेका छन् । गायक ढकाललाई हाम्रो तर्फबाट नि धेरै धेरै शुभकामना ।
हेर्नुस गीत :

प्रतिकृया