एउटा फिल्मको सबै काम सकेर मात्र अर्को फिल्म सुरु गर्ने अनमोल निर्णय
प्रकाशित मिति
२०७६ जेष्ठ २३ गते, बिहीबार ११:५०
नेपाली सिने क्षेत्रमा छोटो समयमा निकै नाम कमाउन सफल भएका अभिनेता हुन् । अनमोल केसी चर्चित अभिनेता निर्माता तथा निर्देशकका छोरा भएका कारण अनमोललाई फिल्ममा डेब्यु गर्न धेरै केहि समस्या देखा परेन । उनले यस कुराको फाइदा नउठाई आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएका छन् ।
अहिले उनलाई लिएर फिल्म बनाउने धेरै जसो निर्देशकहरुको सपना नै बनेको छ । उनको हालै प्रदर्शनमा आएको फिल्म ’ए मेरो हजुर ३ ले बक्स अफिसमा तहल्का मचाऊन सफल भएको छ । फिल्म ‘ए मेरो हजुर ३’ पछि उनले कुनै नयाँ फिल्म भने साइन गरेका छैनन् ।

उनलाई दिनमै आधा दर्जनभन्दा बढी फिल्मको अफर आउने गरेको छ । गत वर्ष उनि अभिनित ’क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ दुई फिल्मको छायांकन र प्रमोसन गरि डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई निकै समय निकाल्न गार्हो भएको थियो ।

धेरै चर्चित निर्देशकले अनमोललाई फिल्म अफर गरेपनि उनले कसैलाई गर्ने वा नगर्ने निर्णय भने दिएका छैनन् । यसबीच, उनले फेरि एकपटक आफ्नै होम प्रोडक्सनको ‘काजल फिल्मस्’ को ब्यानरमा पिता भुवन केसीले निर्माण गर्न लागेका फिल्ममा काम गर्ने भएका छन् ।
त्यसैले, अब उनले एउटा फिल्मको सबै काम सकेर मात्र अर्को फिल्म सुरु गर्ने निर्णय लिएका छन् । यसका साथै उनले केही महिनाको विश्राम लिएपछि मात्र नयाँ फिल्म गर्ने भएका छन् । यस वर्ष उनको नयाँ फिल्म प्रदर्शनमा आउने सम्भावना नभएको अनमोलले बताएका छन् ।




प्रतिकृया