फिल्म ‘सडक २’ मा आफ्नै बुबाको निर्देशनमा काम गर्दै आलिया भट्ट
प्रकाशित मिति
२०७६ जेष्ठ २३ गते, बिहीबार ११:५९
फिल्म ‘सडक २’ निर्माण हुने भएको छ । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट अहिले ‘सडक २’ को छायांकनको तयारीमा व्यस्त रहेकी छन् । ‘सडक २’ २८ वर्षअघि सुपरहिट भएको रोमान्टिक फिल्म ‘सडक’ को सिक्वेल रहेको छ ।
हालै आलियाले अभिनय गरेको फिल्म ‘कलंक’ले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपछि सडकको सिक्वेलबाट आलियालाई धेरै आश रहेको भारतीय मिडियामा उल्लेख गरिएको छ ।

सन् १९९१ मा निर्माण भएको फिल्म सडकमा आलियाकी दिदी पूजा भट्ट र अभिनेता सञ्जय दत्तले मुख्य भूमिका निर्वाह गरेका थिए । ‘सडक’ को सिक्वेल रहने ’सडक २’ मा पूजा भट्ट र सञ्जय दत्तका साथ आलिया भट्ट र अभिनेता आदित्य रोय कपुरको मुख्य भूमिका रहने भएको छ ।

यस फिल्मलाई आलियाका बुवा महेश भट्टले निर्देशन गर्ने भएका छन् । ‘सडक २’ मार्फत आलिया पहिलो पटक आफ्ना पिता महेश भट्टको निर्देशनमा काम गर्ने भएकी छन् । आलियाले यस फिल्ममा सर्वसाधारणलाई झुक्याएर आश्रम चलाउने नक्कली गुरुको चरित्रलाई पर्दाफास पार्ने भूमिका निर्वाह गर्ने भएकी छन् ।




प्रतिकृया