• १ असोज २०८३, बिहीबार
  • ३ः४३ राती

कोइराला निवासमा सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसको गम्भीर आपत्ती

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १२:५४

विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । काँग्रेसले निवासको सुरक्षाकोलागि सुरक्षाकर्मी फिर्ता गर्न समेत माग गरेको छ ।

National Life

प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छन् । उनले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताए ।

कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात् निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृहमन्त्रालयले पत्राचार गरी पूर्व्विशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसंगै विहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए ।

गृह मन्त्रालयले मृत्यु भइसकेका विभिन्न पूर्व्विशिष्ट पदाधिकारी र प्रहरी महानिरीक्षकका घरमा सुरक्षार्थ खटिएका ३ सय ४० सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

सरकारद्वारा जारी सुरक्षा कार्य्विधि अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका ती सुरक्षाकर्मीलाई एक सातायता फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको थियो ।

‘फिर्ता गर्नेक्रम जारी छ,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भनेका थिए, ‘सुरक्षा कार्य्विधिअनुसार फिर्ता गर्नुपर्ने सुरक्षाकर्मी अझै कति छन् भन्ने यकिन भइसकेको छैन् ।’

गृह मन्त्रालय स्रोतका अनुसार त्यही क्रममै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासमा खटिएका १४ सशस्त्र प्रहरी फिर्ता गरिएको थियो ।

प्रतिकृया