• १ असोज २०८३, बिहीबार
  • १०ः५८ बिहान

उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०१:१७

उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई पुनः धम्की दिएको छ ।

National Life

कोरियाली सेन्ट्रल न्यूज ९केसीएनए०का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने चेतावनी दिएको छ ।

केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भन्यो, ‘अमेरिकाले आफ्नो आँकलनको तरिका परिवर्तन गर्नुपर्छ ताकि हामी गत वर्ष जूनमा भएको पहिलो भेटघाटको सम्झौता स्थापित गर्न सकौँ । अमेरिकाले पछिल्लो एक वर्षमा हाम्रो सम्बन्धमा आएको परिवर्तन हेर्नुपर्छ र चाँडै नै आफ्नो नीतिमाथि निर्णय लिनुपर्छ नभए निकै ढिला हुनेछ किनभने धैर्यताको पनि एउटा सीमा हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया