• ३१ भदौ २०८३, बुधबार
  • ४ः४३ बेलुका

सार्वजनिक पिच सडक व्यक्तिले बेचे

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०१:२९

। काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन् ।

National Life

अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो । स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन् । विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया