• २४ भदौ २०८३, बुधबार
  • ९ः३७ बिहान

अनिल कसपाल भक्तपुर हिसानको अध्यक्षमा निर्विरोध चयन

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०३:३१

भक्तपुर । मोर्डन इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य अनिल कसपाल भक्तपुर हिसानको अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आज भएको चौथो जिल्ला अधिवेशनमा कसपाल चयन हुनुभएको हो ।

National Life

कौशलटारस्थित टेस्ला ग्रीसी स्पून एण्ड लाउण्जमा भएको अधिवेशनमा जनप्रेमी माध्यमिक विद्यालयका प्राचार्य निलेश आचार्य उपाध्यक्ष, सूर्यदीप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मी प्रजापति सचिव, एरुडाइट एकेडेमीका प्राचार्य दिनेश पाण्डे कोषाध्यक्ष पदमा चयन हुनुभएको छ ।

अधिवेशनले एस.एस. कलेजका संस्थापक डा. बच्चुराम कार्की, चाणक्य माध्यमिक विद्यालयका प्राचार्य बासुकीराज रेग्मी र भक्तपुर निष्ट स्कुलका निर्देशक चन्द्र अधिकारी लाई सदस्यमा र भक्तपुर हिसानका निवर्तमान अध्यक्ष शिव कृष्ण श्रेष्ठलाई प्रमुख सल्लाहकार चयन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल ले निजि क्षेत्रमा लगानि गर्न अब नडराउनु पर्ने बताउनुभयो । उहाँले जुन शैक्षिक संस्थाले उच्चस्तरको शिक्षा दिन्छ त्यहि संस्थामा बालबालिका लाई बिशेष पठनपाठन गराइने बताउनुभयो ।

यसैगरीे प्रार्चाय अनिल कसपाल ले भक्तपुर हिसानको अध्यक्षमा निर्विरोध चयन गरेकोमा सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको छ । उहाँले सामाजिक संजाल मार्फत लेख्नुभएको छ “मलाई अध्यक्ष, उपाध्यक्षमा निलेश आचार्य, सचिवमा लक्ष्मीप्रसाद प्रजापति, कोषाध्यक्षमा दिनेश पाण्डेय, सदस्यहरूमा डा. बच्चुराम कार्की, बासुकीराज रेग्मी र चन्द्र अधिकारी सरहरूलाई भक्तपुर हिसानको चौथों अधिवेशनले कार्य समितिमा सर्वसम्मत चयन गर्नु भएको मा भक्तपुर हिसानका सबै सदस्य बिद्यालयहरू, कलेजहरू र प्रचार्यज्यूहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै उत्कृष्ट शैक्षिक गन्तव्य भक्तपुरलाई हामी सबै शिक्षाप्रेमीहरू मिलेर शैक्षिक गुणस्तरमा उत्कृष्टता थप्दै लैजाने छौं भन्ने कुरामा पूर्ण विश्वस्त छौं । “

“साथै यस अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रबाट पाल्नुभएका आदरणिय हिसान केन्द्रीय अध्यक्ष तथा अधिवेशनको प्रमुख अतिथि रमेश सिलवाल सर र उपाध्यक्ष तथा अतिथि स्वागत श्रेष्ठ सरलाई पनि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछौं .”

हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल र केन्द्रिय उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिकृया