• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

डोनल्ड ट्रम्पको ब्रिटेन भ्रमण

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०४:००

‏अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले ब्रिटेनको बहुप्रतिक्षित राजकीय भ्रमणमा रहेका छन्।
भ्रमणका क्रममा ट्रम्प राजपरिवार र राजनीतिज्ञहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। तर यो तामझामपूर्ण कार्यक्रमको पछाडि दुई देशबीच नीतिगत भिन्नताहरू छन् जसले ब्रिटेन र अमेरिकालाई विभाजित गर्छ ।

राजकीय भ्रमणहरू राजसी विषय हुन् जसमा भ्रमण समारोह जत्तिनै महत्व राजनीतिलाई पनि दिइनेछ तर त्यति हुँदाहुँदै पनि केही विषयमा चिप्लिने सम्भावना धेरै देखिएको छ ।
यसपटकको भ्रमण गत वर्षजस्तै राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मेले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ । ट्रम्प र फरासबीचको औपचारिक भेटलाई प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले अस्वीकार गरेको छ ।

Kamana Sewa

कन्जरभेटिभ पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेका बेला ट्रम्पको भ्रमण भएको छ। उक्त प्रतिस्पर्धाले ब्रिटेनको भावी प्रधानमन्त्री तय गर्नेछ ।
इरानको व्यवहार परिवर्तनबारे ब्रिटेन र अमेरिकाबीच मतभेद देखिन्छ।

Classic Tech Desktop

ब्रिटेनले अझै पनि इरानको परमाणु कार्यक्रमलाई नियन्त्रण गर्न बनाइएको सम्झौतालाई समर्थन गर्छ भने अमेरिकाले गर्दैन। अमेरिका इरानसँग व्यापार गर्ने कुनै पनि ब्रिटेनको ब्याङ्क वा कम्पनीमाथि प्रतिबन्ध लगाउन तयार छ।
अमेरिकाले आवश्यक पर्दा हमला गर्ने ’क्यारिअर स्ट्राइक फोर्स’ र बीफाइभटु बमवर्षक उक्त क्षेत्रमा खटाइसकेको छ जसका कारण कारबाहीहरू तीब्र हुने र युद्ध नै सम्म हुनसक्ने आशङ्का कतिपय ब्रिटिश कूटनीतिज्ञहरूले व्यक्त गरेका छन्।

चीन पनि दुई देशको विषय हो। चीन र अमेरिकाबीचको बढ्दो मुठभेडले ब्रिटिश नीतिनिर्मातालाई चिन्तित बनाइरहेको छ।
ह्वावेईको विषय पनि छ। युकेको फाइभजी मोबाइल नेटवर्कको एउटा हिस्सा बनाउन चिनियाँ टेलिकम कम्पनीलाई दिने कि नदिने भन्ने विषयमा ब्रिटेनका मन्त्रीहरूले अन्तिम निर्णय गर्न बाँकी रहँदै अमेरिका ब्रिटेनसँग रिसाइसकेको छ।

उनीहरूको शङ्का छ कि चिनियाँ सरकारको पहुँच रहेको ह्वावेईमार्फत् ब्रिटेन र त्यही कारण अमेरिकाको गोप्य सूचनाहरू दिनसक्नेछ।
अमेरिकी अधिकारीहरूले ट्रम्पले यसबारे राजकीय भ्रमणका बेला कुरा उठाउने चेतावनी मात्रै दिएका छैनन् त्यसको परिणाम स्वरुप आफ्ना गुप्तचर सम्बन्धी सूचनाहरूलाई समेत सीमित तुल्याउन सक्ने धम्की दिएका छन्।

त्यो भन्नुको अर्थ तथाकथित “विशेष सम्बन्ध“को मुख्य आधार सधैँ गुप्तचरसम्बन्धी सूचनाहरूको आदानप्रदान थियो जुन राजनीतिक मतभेदको चर्काचर्कीबाट बाहिर सुरक्षा अधिकारीहरूबीच जीवन्त रहनुपर्ने सम्बन्ध बिबिसिले उल्लेख गरेको छ ।

प्रतिकृया