• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

युनिक स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १०:०९

 भक्तपुरको लोकन्थलीमा अवस्थित युनिक स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई स्वागत तथा एसईई २०७५ साल मा समावेश विद्यार्थीहरुलाई बिदाई गरिएको हो । उक्त बिदाई कार्यक्रम मा प्रमुख अथिती जिल्ला विकास समन्व्य इकाई समिती प्रमुख श्री खेमनाथ पोखरेलको आतिथ्यमा समापन भएको थियो ।

विद्यालयमा नयाँ भर्ना भएका १७४ जान विद्यार्थी र एसईई परिक्षामा सहभागी १५ जना गरी सम्पुर्ण ५५० जना विद्यार्थीहरुका लागी आयोजना गरिएको कार्यक्रममा जिल्ला पयाब्सन भक्तपर का अध्यक्ष श्री चन्द्र अधिकारी, मध्यपुर थिमी शिक्षा शाखा प्रमुख श्री बालकृष्ण गैरे, मध्यपुर पयाब्सन का अध्यक्ष श्री निलेश आचार्य र पयाब्सन एजुकेशनका डाईरेक्टर श्री इन्द्र प्रसाई अतिथिको रुपमा रहनुभएको थियो।
कार्यक्रममा सभापतिको रुपमा विद्यालयका अध्यक्ष श्री समीर शाह रहनु भएको थियो।

Kamana Sewa

Classic Tech Desktop

कार्यक्रममा बोल्दै प्रमख अतिथि पोखरेलले यस्तो किसिमका कार्यक्रमले अभिभावक र विद्यालय विच आत्मिय सम्बन्ध बढाउनुका साथै विद्यालय प्रति आफनोपनको भावना विकास गर्ने कुरा बताउनुभयो ।

उहाँले यस्तै सकारात्मक रुपले विद्यालयमा विद्यार्थी बढ्दै जाने हो भने विद्यालयमा कोटा सिमित रहेको जानकारी दिनुभयोे ।
विद्यालयले गरेको यस्तो किसिमको कार्यबाट विद्यालय दिनप्रतिदिन नयाँ सोचका साथ अगाडी बढीरहेको र बिभिन्न सफलताका कार्य अन्य अतिथिहरुले प्रकाश र्पानुुभयोे ।

विद्यालयका भावी योजना बारे विद्यालयका प्रार्चाय श्री सुमन बस्नेतले बताउनभयो। उहाँले एउटा विद्यार्थी जसरी विद्यालयमा सहज मान्छन, अर्को विद्यार्थीले त्यसरी नै सहज नमान्ने भन्दै यसरी असहज मान्ने विद्यार्थीलाई कस्तो व्यवहार गर्ने , कसरी उनीहरुको मनोवल उकास्ने , कसरी उनीहरुलाई रमाइलो गराउने , र शिक्षामा कसरी जोड दिने यस कुरामा शिक्षक शिक्षिका लगायत हामि सबैले गहिरो रुपले सोचेर अगाडि बढने प्रतिबद्धता जनाउनुभयो । 

उक्त कार्यक्रममा अन्त्यमा बोल्दै सभापति समीर शाहले विद्यालयका भाईबहीनीहरु सगँ आफुहरुले अभिभावकको जस्तो व्यवहार गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा एसईई दिएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिनका साथै अभिभावकहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया