टिचिङ अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपणः छोरीले दिइन् बुवालाई कलेजो
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ११:०८
Beautiful young female medical doctor is looking at camera and smiling while her colleagues are sitting in the background
त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको छ।
कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।

अस्पताल प्रशासनका अनुसार, ५८ वर्षीय बुवालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी हुन्।

अस्पतालले १६ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो।
डा. भण्डारीका अनुसार, शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।
अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो।




प्रतिकृया