• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

इतिहास बनाउने लक्ष्यमा लिभरपुल र टोटनह्याम

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार १०:०५

युरोपियन क्लव फुटबलको सर्वा्धिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आज राती दुई प्रिमियर राइभल लिभरपुल र टोटनह्याम भिड्दैछन । प्रिमियर लिगको उपाधि नजिक पुगेरपछि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने मौका रहेको छ ।

युरोपियन फुटबलको सर्वा्धिक धेरै पुरस्कार राशिको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लव हुनेछ । छैटौ पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको यो मौका मड्रिडमा कतिको सफल होला त्यो हेर्न बाँकि छ । यता टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

Kamana Sewa

सेमिफाइनलमा लिभरपुल र टोटनह्यामले आश्चार्यजनक कमब्याक गर्दै फाइनलमा पुगेका हुन । अघिल्लो संस्करण च्याम्पियन्स लिगमा स्पेनीस क्लवको बर्चश्व रहेका बेला यसपटक इंग्लिस क्लवले जमाएका छन ।
सन् २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लव खेल्न लागेका हुन । सो बेला म्यानचेस्टर युनाइटेड र चेल्सी खेलेका थिए।

Classic Tech Desktop

यसपटक सेमिफाइनलमा बार्सिलोना विरुद्ध तीन गोलले पछि परेर ऐतिहासिक कमब्याक गरेको लिभरपुल र अन्तिम मिनेटमा लुकास मोउराको गोलमा फाइनलमा यात्रा तय गरेको टोटनह्यामका खेलाडीका लागिमात्र प्रशिक्षकका लागि उतिकै महत्वपुर्ण छ । जुर्गेन क्लोप र माउरिसीयो दुबैले अहिलेसम्म ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन ।

गत सिजन पनि च्याम्पियन्स लिगको फाइनलमा पुगेर उपाधि जित्नबाट चुकेको लिभरपुल फाइनलमा रियलसँग तीन एकले हारेको थियो । फाइनलमा टोटनह्यामका मुख्य खेलाडी हेरी केन खेल्ने संभावना प्रवल रहेको छ ।

यो खेल केन र मोहम्मद सलाहको खेलका रुपमा पनि हेरीएको छ । लिभरपुलका मुख्य खेलाडी सलाहले च्याम्पियन्स लिगको फाइनलमा गोल गरेर टिमलाई उपाधि दिलाउने इच्छा रहेको बताएका छन । त्यसैले पनि फाइनल खेल निकै उत्कृष्ट हुनेमा विश्वास गरिएको छ ।

प्रतिकृया