• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

विश्वकप क्रिकेट : इंग्ल्याण्डको फराकिलो जित

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार १०:०२

आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो ।

लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे ।

Kamana Sewa

जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे ।

Classic Tech Desktop

बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे । प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।
जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा दुई सय सात रनमा अलआउट भयो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए ।

तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो ।
बलिङमा इंग्ल्याण्डका जोफ्रे आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए ।

प्रतिकृया