राजनितिलाई कुनै अपराध हिंस्साको विउँ नसम्झिनुस्!!)
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०३:४८
लेखकः (उत्सव बजगाई)
भष्ट्रचारको चप्पल लगाएर विकास स्जेण्डाको भाषण ठोक्ने महाविरहरुलाई के भनम र खै ?? स्वर्गको
प्रतिकलाई मरुभूमी बनाए । सगरमाथाको शिरलाई झुक्ने बनाए । त्यो हरियाली प्राकृतिक सम्पदालाई
उजाड र त्यो समुन्द्रलाई कुवाँ झै बनाए । कसलाई के भनम र खै ?? निर्मला जस्ता हजारौं फक्रिदै
गरेका कोपीलालाई मनोरञ्जनको साधन बनाए । देशभक्त र देशप्रेमीलाई बली चढाए । यी सब कुरामा
राजनिति घुसाए । कसलाई के भनम र खै मुलुक नै कुम्ल्याई राजनितिलाई अपराध हिंस्साको विउँ सम्झिए
। कसलाई भन्ने कहाँ जाने विडम्बनाको कुरा कानून भन्दा नेतावाला भन्ने शब्द ठूलो भएको देशमा देश
नै कुम्लाए आफ्ना र हाम्रालाई बनाए, जनतालाई एक आपसमा कुटाए र लुटाए ।
कठै हामी नेपालीको दुरावस्था ।। एक पटक मनन गर्नुस्राजनितिको पुष्टिकरण बुझनुस्। राजनितिलाई
कुनै टालाटुली र अपराध हिंस्साको विउँ र गरी खाने, पैंसा कमाउने व्यापार नसम्झिनुस् । राजनिति
भनेको के हो ? पहिला स्पष्टिकरण गर्दै बुझ्ने पर्यतन गर्नुस्। राजनिति भन्ने शब्द एउटा समाज परिवर्तन
र विकासको पर्यावाचिक शब्द हो । राजनिति शब्दले जनचेतना मुलका शैक्षिक गुणस्तर, सिप तालिम र
समाज र व्यक्तिको जीवन शैलीको विकासको साथ साथै राष्ट्र विकासको स्जेण्डा भन्ने बुझाउँछ ।
राजनितिलाई केही मुसाफिर र महाविर भन्ने भनौदाहरुलेगरी खाने, पैंसा कमाउने, बलात्कार, अपराध
हिंस्सा जस्ता कुराको प्रत्याभूति र सामना गरेका छन् । हुन त कानून भन्दा नेतावाला र पहुँचवाला
शब्दमा दम भएको देशमा यस्ता अनैत्रिक क्रियाकलाप हुनु स्वभाविक नै होला सायद । जे जति मेरो
विचारमा ।। विशेष उद्देश्य प्रप्तिको लागि दियो परिवर्तनको लागि गरिने अगामी परिवर्तन हुन्छ भने
त्यसलाई राजनिति भनिन्छ । सम्प्रदाय, शहर वा देश जस्ता समुहहरुले राजनिति मार्फत सहमति कायम
गर्छन । ठूला समुहहरु जस्तै देशहरुमा, त्यस्ता समझदारीको लागि केही मानिसहरुले निक्कै समय खर्च
गछ्रन । त्यस्ता मानिसलाई राजनेता वा नेता भनिन्छ । राजनिति त्यस्तो व्यवस्था हो जसले, शिक्षा,
स्वास्थ्य, संचार जस्ता विकास पूर्वाधारको समेत अवस्था निर्धारित गर्छ । जसले देश विकास एजेण्डाको
तर्जुमा गर्छ । देश विकास गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने सपना बुनी साकार पार्न योजना
कार्यान्वयन गर्छ । राजनितिले मुलधारको एकताको साथसाथै अर्थपूर्ण, भावमय सम्बन्ध कायम गराउँछ ।
जसका कारण विश्वमा मुलुकी ऐन तर्जुमाको साथसाथै कार्यान्वयन हुन सक्छ पनि र, हुन्छ पनि
भन्ने अनुमानको साथै पुष्टि पनि भइसकेको कुरा हो । हामीले बोल्ने, खाने र गर्ने जस्ता अतिरिक्त
क्रियाकलापमा समेत राजनितिले स्थान जमाएको र घुसेको हुन्छ । राजनिति विकास र देश परिवर्तनको
साथ मानिसको विचारधाराको एकिन विश्लेषणको प्रमुख माध्यम र आधार पनि हो । राजनितिको परिभाषा
अपार छ । खै कसलाई के भन्ने र ? ठूला टाउँको माछाहरुले र मुसाफिरहरुले राजनितिलाई गरि खाने
माध्यम र अपराध हिंसाको माध्यम मात्र नबनाई देश नै चुरुलुम्मै सखाप पार्न लागि सकेछन्। कठै कस्तो
विडम्बनाको कुरा । अनियन्त्रित क्रियाकलाप, लैचारिकता, लज्जास्पद जस्ता कुराको लाज पचेको कारणले
गर्दा नै आज मुलुकले विकृति र विसंगतिको बाटो रोज्न बाध्य छ । कठै नेपाल र नेपाली जनताको अवस्था
। आज नेपालको राजनितिमा भएका र देखिने गरेका नेता कार्यकर्ताको चर्तिकलाबाट जनता दिवदार
भएको बेला छ । एसएलसी पनि पास नगरेका व्यक्तिहरु उच्च पदमा पुग्छन्। तर काम गरेर देखाउन
सक्दैन भन्ने कुरा जताततै सुनिन्छ । पैंसाको विउ छरिन्छ । भष्ट्रचारको खेती गरिन्छ र पो राजनिति भन्ने
शब्द गुलनाम र बदनाम छ । राजनिति पेशा हैन । समाज सेवा मात्र हैन, राजनिति योगदान पनि हो ।
अहिलेको राजनिति चाणक्यकोराजनिति होइन अहिलेको राजनिति त्यस्तो पेशा र व्यवसाय हो जस्ता
अपराध हिंसा र विना लगानी खरबौखरब कमाउन सकिन्छ । कठै बरा हे बरै । देश त विकास जबकी
देशमा भष्ट्रचारको जालो हट्ने छ । नेतामा एकलौटी पनतार नातावाद र क्रिपावादको अन्त्य हुनेछ ।
महिला र सच्चा देश प्रेमले जुन समय पनि सुरक्षाको महसुस गर्ने छन्। तबकी मात्र देशले विकासको
निकास पाउँला । यद्यपी यस्तो नभए त पिजडामा राखिएको सुगाँको जस्तो चाल हुनेछ मेरो देश नेपाल
र हामी नेपालीको राजनितिलाई अपराध हिंसाको पेशा र पैंसा कमाउने व्यापार नभई समाजसेवा र
योगदानको विकल्प हो भन्ने मान्यता भएसम्म मात्र देशले विकासको निकास र मुलुकका धेरै समस्या
समाधान गर्नेछ । (राजनिति राज्यको निति हो । राज्य गर्ने साधन हो । राज्यको आकार संरचना राजनितिले
नै तय गर्छ । युवामा देश देखिन्छ, बालबालिकामा बुझिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । बृद्धको
गालामा देशको सिमाना भेटिन्छ । यस्तै यस्तै धेरै ठाउँमा देश भेटिन्छ । देश भेटाउने र छाप्ने माध्यम नै
राजनिति हो ।)





प्रतिकृया