• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

(पत्रकारिता पेशा कुनै टालाटुली खेल हैन महाशय !)

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार ०३:०४

लेखक (उत्सव बजगाई)

जे बुझ्नु भो पुरै गलत बुझ्नु भो, जे लेख्नु भो पूरै अर्थहिन लेख्नु भो महाशय ! पत्रकारिताको खोल
ओढेर स्वार्थको त्रुटी, लज्जास्पद र अर्थदिन लेखका कारण दोधार चाँदनी पारीबाट पत्रकारिता पेशाले
गिज्याउँलानी हेक्का भया !
पत्रकारिता भन्नाले सत्य, तथ्य घटनाहरुमा आधारित रही संचार माध्यमबाट आम नागरिकलाई
जानकारी गराउनु नै पत्रकारिता हो ।

Kamana Sewa

आजको युग विज्ञान र प्रविधिको युग हो । विश्वमा घटेका हरेक
घटनाको जानकारी र विवरण तुरुन्तै विश्वको कुनामा पुग्छ । संचार माध्यमबाट पत्रकारको जानकारीले
सबै सामु पर्याउन सकिन्छ । पत्रकारिता राज्यको महत्वपूर्ण अंग हो । यसलाई राज्यका चौथौं अंगको
रुपमा पनि राखिएको छ । पत्रकारिता पेशा अंगालेर पैसाको विउँ छर्ने काम नगर्नुस्महाशय ! के सत्य
के असत्य भन्ने कुरा पहिला पुष्ठ्याउन सिक्नुस् अनि मात्र पत्रकारिता पेशामा रुम्लिनुस्, अनि मात्र
पत्रकारको छाप समाजमा स्थापित होला । नत्र कानु गोरुलाई औंशी न पुन्र्या भन्ने झै वा आँखा फुट्या
गोरुले सधैं हरियो देख्छ भन्ने उखानमा सिमित होला पत्रकारिता पेशा ।

Classic Tech Desktop

यद्यपी राष्ट्रको चौथो अंगले निच्च
गिज्याउँलानी फेरी ख्याल गर्नुस्। राष्ट्रको पत्रकारिता अथवा संचार निति र स्रोत बाँडफाँड योजनाको
उचित संयन्त्रको अभावमा पत्रकारिता हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले
मन्त्रालयहरु, विभाग स्वं अन्य कार्यालयमा प्रवक्ता र सुजना अधिकारी राख्ने परिपाटी सुरु गर्दा
पत्रकारितामा उच्च शिक्षा हासिल गरेका धेरैले रोजगारी पाउन सक्छन्। हालसम्म नेपालको पत्रकारिता
तथा आम संचार विषयको पाठयक्रम सैद्धान्तिक पक्षलाई बढी जोडे दिएको छ ।

सिद्धान्त र व्यवहारिक
ज्ञानलाई सन्तुलित गर्ने सक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ ।
हामी जो कोहीलाई लाग्न सक्छ पत्रकारिता भनेको पत्रकार मात्र गर्ने पेशा हो । सोत पत्रकार र
पाठक दुवैको पेशा हो । यो पेशमा पाठक र पत्रकारको ५०÷५० प्रतिशत हिंसा हुन्छ । एक व्यक्तिको
ज्ञान, विचाधारा र अभिव्यक्तिले सारा मुलुकमा यथार्थता, सत्यता र प्रभावकारिता ज्ञानको विउँ छर्ने काम
नै पत्रकारिता हो । यसकारण पनि महाशय पत्रकारिता पेशालाई टालाटुली खेल नसम्झिनुस् ।

मुलुक
परिवर्तनको विकासको अथार्थ शैक्षिक नितिको मुख्य प्रभावकारी तत्व अथार्थ प्रमुख स्जेण्डा हाल मुलुकको

प्रतिक बनेको छ । आज संचारको माध्यमबाट रोजगारको सृजना भएको छ । अन्धकारमय जिन्दगी
उज्यालोको प्रतिक भएको छ ।
एक ठाउँबाट अर्को ठाउँमा सम्बन्ध र माया प्रेमको सहाकनुभुतित्व भएको छ ।

सबैलाई एउटा
सुन्दर साझा बगैंचामा फुलाएको छ । जबकी पत्रकारिता र संचार माध्यमले । पत्रकारिता भनेको स्वतन्त्र
पेशा हैन र पत्रकारिता पेशा गर्दै निश्पश्चरा ढंगबाट गर्नुपर्छ । कसैको व्यक्तिगत अवधारण र
उत्तरचढावबाट हैन । जे हो त्यहि, जति हो त्यती, जहाँ हो त्यही को टिक्का टिप्पणी गर्न सक्नु नै
पत्रकारिताको सज्चा छवी हो ।

जसले अरुको भलाईका निम्ति र व्यक्तिगत अवधारणालाई मध्य नजर गर्दै
पत्रकारिता गर्छ भने त्यो कसरी राज्यको चौथो अंगरुप पत्रकार हुन सक्छ । राष्ट्रको सज्जा देशभक्त र
देश प्रेमी सेवकको उपनाम पत्रकार पनि हो । पत्रकार बन्नेकी अलपत्रकार । कुन हो पर्चा कारिता ? आम
पाठकलाई छुट्याउन हम्मे हम्मे परेको मलाई शम्भेले पोहोरैभनेको अरुको हकहितमा दलालीको सेवा
क्षेत्रमा धनुष झै निहुरेर काम नगर्नुस्महाशय ! सच्चा छविका साथ सगरमाथाको शिर झै ठडिएर काम
गर्नुस्। राष्ट्रको भलाईका साथ साथै सफलताले स्थान दिलाउने छ ।

हाम्रो पत्रकारिता भुन्ते भएको छ । भुन्ते चक्कुले घाउँ बनाउदैन महाशय ! पत्रकारिता देश विकास
गर्ने र एउटा तिखारने औजार पनि हो । हुन त कुनै पार्टी, व्यक्तिहरुलाई मध्यनजर गर्दै प्रतिपक्ष भई
टिक्का टिप्पणी गर्नुले मात्र पत्रकारितालाई गुणस्तरीय बनाउने होइन । प्रतिपक्ष पत्रकारितालाई गुणग्राही
बनाउने एउटा औजार भने अवश्य हो । अर्थात प्रतिपक्ष दोरोखेरो पत्रकारिता गर्ने मेलो मेसो जुराउने
हतियारसम्म हो । नेपालको पत्रकारिता टालाटुली खेल सम्झनुमा र हुनुमा राजनीतिक, प्रशासनिक र
प्राज्ञिक नेतृत्व हो । पत्रकारितासँग यी नेतृत्व नतर्सने, भयभित नहुने र नआत्तिने हो भने साँच्चै पत्रकारिता
तिखारिन्छ ।

भुन्ते हुँदैन । नेपाली पत्रकारितामा व्यापक पार्टीकरण छाएको छ । यसको मतलवी मनपरितन्त्र
र जेलेख्दा पनि स्वतन्त्र भईएउटा बच्चाले खेल्ने टालाटुली खेल बन्न पुगेको छ । पत्रकारिता आलोचनात्मक
छविको अभाव खड्किदो विषय हो । पत्रकारिता अन्यायमा काडाभन्दा तिखा, जनपक्ष धरता निम्ति
फुलभन्दा नरम हुनुपर्छ ।

जसमा कहाँ, के, कहिले, कसरी किन कसको लागि र परिणाम जस्ता कुराहरु र
(पाँच डठल्यु र दुई सी) लाई समेटेर घटना विवरण तयार पारिन्छ । पत्रकारिता गर्नुस् पत्रकारिता वा
पार्टीका लागि पर्चाक रिता नगर्नुस्। असल पत्रकार बन्नुस्पत्रकार वा अलपत्र कार बनुस्। कस्तो बन्ने
तपाईको हातमा जस्तो बने पनि नेपाली जनता छन् साथमा । सम्पूर्णमा संचारकर्मी साथीहरुलाई
शुभकामना !

प्रतिकृया