• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

केहि साता मा कोपा अमेरिका कप आउदै , नेयमार पुन घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार ०३:०१

काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिली टिमका स्टार नेयमार पुन घाईते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार घाइते भएका हुन् ।

मंगलबार प्रशिक्षणका क्रममा उनको बाँया घुँडामा चोट लागेर मैदान बाहिरिएका थिए । सोमबार मात्रै मुख्य प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी भेट्रान डिफेन्डर डेनी आल्भेसलाई सुम्पिएका थिए ।

Kamana Sewa

मुख्य प्रशिक्षक टिटेले अनुशासनको कारण देखाउँदै नेयमारलाई कप्तानीको जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
कोपा अमेरिका कप आउन अब केहि साता मात्र बाँकी छ । ब्राजिलले कोपा अमेरिका कपअघि कतार र होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

Classic Tech Desktop

प्रतिकृया