• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

यथार्थमा परिणत गरेर देखाउँदैछौं रोजगारीको सपना : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार ०२:४८

यथार्थमा परिणत गरेर देखाउँदैछौं रोजगारीको सपना : सांसद बस्नेत

भक्तपुर, १५ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ जोड्ने बुढिगण्डकी खोलाको पुलको शुभारम्भ गर्दै सांसद बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु आगामी दिनमा द्रत गतिमा व्यहारिकतामा उतार्ने बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमको चिया पसलमा बसी विना तलब निशुल्क खिल्ली उडाउने तथा बेरोजगार भई कसैको कुरा काटेर मात्र नवसी २४ गतेदेखि रोजगार बन्नलाई आग्रह समेत गर्नुभयो ।केपी ओलीको प्रमुख आतिथ्य तथा श्रममन्त्रीको विशेष आतिथ्यमा प्रधानमन्त्री रोजगारीको कार्यक्रमको शुभारम्भ हुने जानकारी गराउँदै सांसद बस्नेतले रोजगारीको आवेदन दिने सवैले रोजगारी पाउने जानकारी गराउनुभयो । उहाँले स्थानीय जनताको मागको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुने बताउनुभयो । ।

Kamana Sewa

Classic Tech Desktop

उहाँले भन्नुभयो, ‘ चिया पसलमा बसेर आनावश्यक कुरा गर्ने जोक्करहरुको मलाई केही भन्नु छैन, उनीहरुको टिप्पणी गरेर समय खेर फाल्नु जरुरी पनि छैन । जोकरका साथहरुलाई विकास निर्माणका कार्यमा आफ्नो जोकरको भूमिका राम्रो गर्न आग्रह गर्छु ।’

पूर्व उद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सामाजिक सञ्जालमा कुनै आफ्नो व्यक्तिगत स्वार्थका कारण सरकारसँग गुनासो गरेको तर आम नागरिकले सरकार प्रतिको विश्वास भने अत्याधिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिर स्याल हुँईया जति गरे पनि जनताले सरकारसँग विश्वास गरेका छन् । आजको बजेटबाट बृद्धभत्ता बढ्छ, तलव बृद्धि हुन्छ तथा भौतिक विकासका शिर्षकमा बजेट विनियोजन हुन्छ, नेकपाको सरकारलाई कसैको विरोधले विकास रोकिन्न ।’

आगामी २२ गते वातावण दिवसको अवसमा सूर्यविनायक चोकदेखि गणेस्थानसम्मको सफा गर्दै कोटेश्वरदेखि सूर्यविनायकसम्म ग्रीनरी, सोलार लाईट, आकोशे पुल, वृक्षरोपण गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा सडक, खानेपानी, पुल, ढल, भौतिक पूर्वाधार लगायतका विकास निर्माणले व्यापकता तिव्रता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अघि बच्चा बढेको थाहा नहुने तर २/४ वर्षपछि भेटेमा ओहो कति ठूलो भएछ भने जस्तो हुने भएकाले भक्तपुरको विकास पनि २/४ वर्ष पछि आएर हेर्नेले कल्पना गरेभन्दा धेरै विकास हुन्छ, जनताले प्रत्यक्ष रुपमा अनुभुत हुने गरी विकास र समृद्धिका काम हुन्छन् ।’
खानेपानीको समस्या क्रमिक रुपमा समाधान गर्दै अघि बढेको जानकारी गराउँदै उहाँले गुण्डु खानेपानीको आयोजनाबाट खानेपानीको समस्या समाधान हुने बताउनुभयो । उहाँले मेलम्चीको खानेपानी भक्तपुरमा पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कटुञ्जे वडा कार्यालयबाट गुमाञ्जु सडक पनि निर्माणको प्रकृयामा रहेको बताउँदै उहाँले कटुञ्जेको वडा कार्यालय अगाडीबाट दधिकोट तर्फ जाने सडक यो पटक ७५ लाख बजेट परेको, दधिकोटदेखी किवाचोक आउने सडकमा उपत्यका प्राधिकरणबाट ९० लाख छुट्याएको तथा केन्द्रीय बजेटमा समाबेश गराउने पहल गरेको जानकारी गराउनुभयो ।

भक्तपुरको सम्पूर्ण सडकहरुको गुरुयोजना तयार गर्ने र आगामी पाँच वर्षमा भक्तपुरका सवै सडकहरुलाई कालोपत्रे गरीक्ने गरी काम अघि बढेको बताउँदै सांसद बस्नेतले दिन प्रतिदिन भक्तपुरको प्रगति भइरहेको बताउनुभयो । उहाँले हनुमन्ते नदीको करिडोरलाई दुई चरणमा गरी डेढ करोडको बजेट पार्न सफल भएको जसका कारण कोटेश्वरेको जाम अन्त्य हुने बताउनुभयो ।

दुई वटा रणनीतिक सडकहरु राधेराधेदेखी साँगा हुँदै ताथली जाने सडक र चुनदेवी – किवाचोक – दधिकोट – विरुवा हुँदै रानीकोटसम्मको सडकको डिपिआर तयार भइरहेको बताउँदै उहाँले सूर्यविनायकदेखी लुभुसम्म जाने सडक निर्माणको प्रकृयामा रहेको, बालकोट हुँदै रानीकोटसम्मको सडक १२ करोडको लागतमा निर्माण प्रकृयामा अघि बढेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरका सम्पूर्ण केवल तारहरु अण्डरग्राण्ड गर्ने काम अघि बढेको जानकारी गराउनुभयो ।

 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले हिजो हाँसेर उडाउनेलाई काम गरेर झापट दिने बताउँदै विकासमा धोकेवाजको दिन समाप्त भएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिका विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेकोले कसैले विकासको विरोधले विकास नरोकिने बताउनुभयो ।
एक करोड ३७ लाख ८४ हजारमा निर्माण भएको उक्त पुलको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई हिजोको समयमा हाँसेर उडाउनेहरुलाई २४ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको भक्तपुरबाट नै शुभारम्भ गरेर देखाउने बताउनुभएको छ ।

प्रतिकृया