मध्यपुर थिमिमा प्रथम अन्तराष्ट्रिय कराँते मेयर कप प्रतियोगिता सम्पन्न
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०२:२७
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रथम मेयर कप आई के.के.एफ फूल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता मंगलबार बाट सम्पन्न भएको छ ।


केहि दिन अघि शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए ।


मध्यपुर थिमिको दुई पोखरीमा सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ ५ विधा र महिला तर्फ २ विधा गरी जम्मा ७ बिधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका लागि झन्डै २७ लाख खर्च लागेको अनुमान गरिएको र प्रतियोगितका लागि थिमि नगरपालिकाले ७ लाख उपलब्ध गराएता पनि अन्य आर्थिक स्रोतका लागि बिभिन्न निकायको सहयोगको अपेक्षा गरिएको आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मान्यतालाई मुख्य नारा आत्मसाथ गर्दै नेपाल ईन्टरनेशनल क्योकुशिनकाई कराते संघले आयोजना गरेको थियो ।





प्रतिकृया