• २३ भदौ २०८३, मंगलबार
  • १०ः५६ बिहान

एल एण्ड एन मोडल एजेन्सीले लहानमा फेशन शो गर्दै

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार ०३:५१

गौरब निरौला , काठमाडौं । एल एण्ड एन मोडल एजेन्सी प्रा.लि काठमांडौले प्रदेश २ को लहान मा “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” गर्ने भएको छ।

National Life

देशका विभिन्न शहरमा सफल ईभेन्ट, फेशन शो कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल एल एण्ड एनले हालै सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न गरेको थियो । मिर्चैयामा सम्पन्न गरेको फेशन शो पश्चात लहानमा जेठको तेस्रो साता उक्त शो गर्ने भएको हो ।

एल एण्ड एन ले नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट एवं नयाँ शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा लहानमा शो गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एल एण्ड एन मोडल एजेन्सी का म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्ण का अनुसार फेशन पारखीहरुको हब बन्दै गएको लहान उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि लहानमा फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट आयोजना हुन लागेको हो ।

जेठ १८ लहानको भव्य होटल गोधुलीमा हुन लागेको उक्त शोका निम्ति मोडलहरुको छनौटका लागि अडिसन हुँदैछ । होटल गोधुलीमा बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ । 

रर्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले तोकिएको मितीसम्ममा अडिसन दिन सकिने बताइएको छ । मोडलिंग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट बन्चित र यस क्षेत्रको बारेमा विभिन्न जानकारी हासिल गरि व्यवसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्ण ले बताए ।

उक्त फेशन शोको लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

अडिसनमा छनोट भएका मोडलहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ ।

मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ । साथै यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई विशेष ग्राहयता दिने जनाएको छ ।

प्रतिकृया