• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

कबड्डी को तेस्रो सिरिजमा दया ,कर्मा र उपासना

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १२:५९

काठमाडौं ।
सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा अभिनेता दयाहाङ राई ,कर्मा शाक्य र अभिनेत्री उपासना सिंह ठकुरी लिड रोलमा देखिने भएका छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा चलचित्र बन्न लागेको हो । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी’ को तेस्रो सिक्वेल स्वजातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुनेछ । निर्देशक रामबाबुका हरेक चलचित्र खिच्दै आएका शैलेन्द्र डि। कार्कीकै काँधमा यस चलचित्रको पनि छायांकनको जिम्मेवारी छ ।

Kamana Sewa

सो चलचित्रमा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट राम्रो डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ । उनले आफू ‘कबड्डी’ सिरिजको सदस्य बन्न पाउँदा भाग्यमानी महशुस गरेको बताएकिछिन । यस चलचित्र अघिल्ला दुई सिरिजमा पनि प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङले फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो टिमले इमान्दार प्रयास गर्ने बताएका छन।

Classic Tech Desktop

चलचित्रमा दयाहाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जेठ ५ गतेबाट ‘कबड्डी कबड्डी कबड्डी’ को छायांकन सुरु हुनेछ ।

प्रतिकृया