• ३ साउन २०८३, आइतबार
  • ३:२७ बेलुका

सूर्यविनायक नगरपालिकाको पद बहाली दुई वर्ष पूरा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:३५

जेठ १०,भक्तपुर । सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानुनको निर्माण गरेको छ । र्अथात् भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पद बहाली भएको दुई वर्ष पूरा भएको छ।
आज एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाले दुई वर्ष पूरा भएको र तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर मनाएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा भक्तपुर क्षेत्र नं। २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा, उपमेयर जुना बस्नेत, वडाध्यक्षहरु लगायतका जनप्रनिधिको सहभागितमा केक काटेर भब्य रुपमा मनाइएको हो । नगरपालिका प्रमुख बासुदेव थापाले दुई वर्ष पूरा भएको अवसरमा धेरै कुरा बताउनुभएको छ ।

नेपालको संविधान र विद्यमान संघीय शासन प्रणालीमा तहगत सरकारको रुपमा सूर्यविनायक नगरपालिका रहेको प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा नगरपालिकाले चालू आब ०७५र०७६ को दश महिनामा भौतिक विकास तर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको थापाको भनाइ छ ।

Kamana Sewa

नगरपालिकाले आर्थिक वर्ष ०७५र०७६ का लागि चालु खर्च तर्फ ३९ करोड २४ लाख ४३ हजार र पूँजीगत तर्फ ३७ करोड ४५ लाख २७ हजार गरी कूल ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको वार्षिक बजेट स्वीकृत गरिएकोमा ०७६ बैशाख मसान्तसम्म चालु तर्फ ७९ प्रतिशत र पूँजीगततर्फ ७१ प्रतिशत रकम खर्च भएको रकम रहेको प्रमुख थापाले जानकारी दिनुभयो ।

Classic Tech Desktop

‘आब०७५र७६ मा १२ करोड १० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा बैशाख मसान्तसम्म ३९ करोड ५४ लाख ८९ हजार ९ सय ५७ आन्तरिक राजस्व संकलन गरेको छ’, थापाले भन्नुभयो, ‘दश महिनाको अवधिमा नगरपालिकाले ३ सय २७ प्रतिशत आन्तरिक राजस्व वृद्धि गरेको छ ।

बैशाख मसान्तसम्म नगरपालिकाको आन्तरिक राजस्व २८ करोड, ३५ लाख, १४ हजार ९ सय ५७, संघको राजस्व बाँडफाडमा ९ करोड १४ लाख ६५ हजार, प्रदेशको राजस्व तर्फ २ करोड, नगद लागत साझेदारी रकम २ करोड ५ लाख, सामाजिक सुरक्षा भत्ता वापत ४ करोड ८६ लाख, संघको समानिकरण अनुदान १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान ९२ लाख ८२ हजार, संघको सशर्त अनुदान १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ५ करोड ८५ लाख, सडक वोर्डको रकम २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत १ करोड ५ लाख र अन्य आय १ करोड ५७ लाख गरी जम्मा ९१ करोड ७७ लाख ३५ हजार ७ सय ७ रुपैयाँ नगरपालिकाको आम्दानी रहेको छ ।

आर्थिक वर्ष ०७५र०७६ मा वडागत रुपमा १ सय ४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकोमा १ सय १३ वटा योजना हालसम्म सम्पन्न भईसकेको छ ।
नगरपालिकाको सेवा सुविधालाई आधुनिक प्रविधि मैत्री बनाउन नगर कार्यपालिका, वडा कार्यालयहरु र सामुदायिक विद्यालयहरुमा ई–हाजिरी प्रणाली, सिसिटिभि बाट सेवा प्रवाहको अनुगमन, नगर डिजिटल प्रोफाइलको तयारी, मोवाईल एप्स, निःशुल्क वाइफाइ, राजस्व तथा लेखा प्रणाली कम्प्यूटकृत गरिएको छ ।
स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा रहेको तथ्यलाई आत्मसाथ गर्दै नगर क्षेत्रमा आम नागरिकलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम लागु गरिएको छ ।
बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले उपत्यकाको सडक विस्तारमा योगदान पुर्याउँदै आएको उपत्यका विकास प्राधिकरण खारेज गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भक्तपुरमा सबै केबुल तार अण्डरग्राउण्ड गर्न १० अर्ब लाग्छ, हाल डेढ अर्ब रकम विनियोजन गर्न सफल भएका छौं’ ।
बस्नेतले अरनिको राजमार्गलाई हरियाली बनाउने अभियान तथा डोलेश्वर र अनन्तलिङ्गेश्वरमा हरियाली पार्क बनाउने कार्यको थालनी हुन लागेको बताउनुभयो ।

युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा लैजान २ करोड ५० लाख, हनुमन्ते करिडोर आगामी वर्ष निर्माण सम्पन्न गर्ने गरी थप एक अर्ब ५० करोड विनियोजन गर्नुका साथै मनोहरा करिडोर बहुवर्षीय आयोजनामा पार्न सफल भएको सांसद बस्नेतको भनाइ थियो ।

प्रतिकृया