• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

देउवा भन्छन: ओली भारतको टाँगमुनि पुगे

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०६:०३

काठमाडौ:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद उदांगो भएको दाबी गरेका छन्। सोमबार नेविसंघको ५२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन्। ओलीसँग मिलेर अघि बढेको भन्ने आरोप खेप्दै आएका देउवाले सोमबार भने खुलेर आलोचना गरे।

National Life

उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसके राष्ट्रवाद कहाँ गयोरु हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भएका छन्।’

सभापति देउवाले कम्युनिष्टहरु अवसरवादी भएको आरोप लगाए। अहिलेको अवस्थामा ओलीको विकल्प खोज्न सकिने अवस्था नरहे पनि आफूले संभावना खोजिरहेको उल्लेख गरे। ‘हेर्दै जाऔं कस्तो हुन्छ। धेरै आशा राख्ने अवस्था छैन। तर सम्भावना पनि छ। राजनीति भनेकै सम्भावनाको खेल पनि भनिन्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्ने संभावना कम रहेको उल्लेख गरे।

प्रतिकृया