• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

प्रभु बैंकको सञ्चालक समितिमा लिलाप्रकाश सिटौला गरे अध्यक्षको पदभार ग्रहण 

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०४:५४

प्रभु बैंक लि. का सञ्चालक समितिका नव नियुक्त अध्यक्ष श्री लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारी समक्ष पद तथागोपनीयताको शपथ ग्रहण  गरेका छन्।उनले   बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गर्दै सञ्चालक समितिमा अध्यक्षको पदभार ग्रहण  गरेका हुन। बैंकको स्वतन्त्र सञ्चालकका रुपमानियुक्त भएका उनलाई ०२ गते बसेको सञ्चालक समितिको बैठकलेअध्यक्ष पदमा चयन गरेको थियो ।

National Life

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनको  नेपालको बैंकिङ्ग क्षेत्रमालामो कार्यानुभव  छ ।  नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवाअवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवानि वृत्त हुन। कृषिविकास बैंकमा ४ वर्ष प्रमुखकार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी पुरा गरेका छन। उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषिबिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो ।

उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम काम गरेको अनुभव उनमा छ ।  बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको बैंकिङ्ग क्षेत्रमालामो समय सम्म कार्यरत रहेर बैंकिङ्ग जगत काविविध क्षेत्रमा अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंले जनाएको छ।  अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवासाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवाविस्तारमा थप  हौसलामिल्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया