• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार १०:४२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबार  पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

National Life

केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार  २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने जनाएको छ । छ ।

उक्त बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

(रासस)

प्रतिकृया