• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन :नेता कार्की

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार १०:३३

ताप्‍लेजुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताएका छन् ।

National Life

दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए ।

आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाए। पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको र त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

देशलाई सङ्कटबाट जोगाउन यतिबेला कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको स्पष्ट पार्दै उनले सम्भव भए आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर वा ताजा जनादेशमा गएर स्थिरता कायम गर्न पार्टी अग्रसर भएको बताए ।

कांग्रेसका निम्ति अहिले नै सरकार निर्माण गर्ने कुरा महत्वको विषयमा नपरे पनि मुलुक र जनताको हितका लागि भने परिस्थिति निर्माण गर्न सकिने उनको भनाइ थियो ।

(रासस)

प्रतिकृया