• १५ असोज २०८३, बिहीबार
  • ४ः३० बिहान

बम विष्फोटका प्रतिवादी सहित बिभिन्न अपराधिक क्रियाकलापमा संलग्न १४ जना  पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०४:२१

प्रहरीले प्रधान कार्यलयले बम विष्फोटका प्रतिवादी सहित बिभिन्न अपराधिक क्रियाकलापमा संलग्न १२ जनालाई विभिन्न स्थानबाट  पक्राउ गरेको बताएको छ। सिरहा  बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने  गुड्डु भन्ने रामजतन मुखियालाई प्रहरीले शनिबार  पक्राउ गरेको छ । लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट पक्राउ गरेको हो ।

National Life

 

त्यस्तै काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका-६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको  प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित  पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर  सहित सोही नगरपालिका-१६ बस्ने हासिम हुसेन कवडियालाई  प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोहि उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट करिब १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध सहित कोहलपुर नगरपालिका-६ रझेना बस्ने आशिष पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा कालिकामाई गाउँपालिका-१ तिनदुबियाबाट करिब १२ केजी चरेश बरामद गरेको छ । ईलाका प्रहरीको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले साथमा रहेको बोरा छाडी भागेपछि बोरा जाँच गर्दा लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यलयले जनाएको  छ ।

प्रतिकृया