• 2:21 am

छुट्टा छुटै भएको सवारी दुर्घटनामा परी नौ जना र करेन्ट लागेर एकको को मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०४:३३

ललितपुर:  ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बा.७० प ३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई   दुर्घटना हुँदा मोटरसाइकल चालक ३८ वर्षीय नदिप तामाङको मृत्यु भएको छ ।गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका  मोटरसाइकलमा सवार  जित बहादुर उदासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही गैडहवा गाउँपालिका-५ चेलेन्डिहवा चोकस्थित लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल र लु.५० प १२७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई  दुर्घटना हुँदा लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका-९ पिपराका  साहिर खानको मृत्यु भएको छ । घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका  दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी रुपन्देही सैनामैना नगरपालिका-६ कलौनीस्थित ना.६ ख ९४१ नम्बरको बसले लु.२४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक प्यूठान झिम्रुक गाउँपालिका-१ सौतामारेका संजय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बाँदीकोटका फिरज क्षेत्री रहेका छन् । गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित ना.५ त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भईदुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँका झलक विकको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

चितवन, भरतपुर महानगरपालिका-१९  ना.१ ज ३८५९ नम्बरको म्याजिक गाडी आफै अनियन्त्रित भई न दुर्घटना हुँदा गाडीमा सवार  हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ ।  घाइते भएका उनीहरुको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापा, बिर्तामोड नगरपालिका-६ बुट्टाबारी चोकस्थित ना.४ ख.७२८९ नम्बरको ट्रकले मे.४ प ६७४८ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-५ बैसाबारी बस्ने ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल मे.१ ख २६२७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा सो ट्रकसँग ठक्कर खाई दुर्घटना भएको हो । ट्रक र बसका  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, ठोरी गाउँपालिका-४ गोपीबस्तीस्थित  ग.९ प ९५८७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने  अभिषेक गोलेको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै एल एस न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  घाइते भएका मोटरसाइकल चालक समेत अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

करेन्ट लागेर मृत्यु

स्याङ्जा भिरकोट नगरपालिका-७ हेलुस्थित आँधिखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-७ लामाचौर बस्ने ३४ वर्षीय बिबेक खाणको  मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।द यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

प्रतिकृया