हातहतियार र लागूऔषधसहित पक्राउ तथा बरामद
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०५:२४
बाँके, कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका १४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सिरहा, कर्जन्हा नगरपालिका ४ बस्ने २६ वर्षीय राम सुन्दर दासलाई थ्रिनटथ्री राईफलमा प्रयोग हुने १ राउण्ड गोली, ६ थान खोका र भरुवा बन्दुकमा प्रयोग हुने ८ थान छर्रा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका १ बगल सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक, ५ थान छर्रा र करिब ६ क्यूफिट काठ शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले उक्त बन्दुक तथा काठ बरामद गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उदयपुरको चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।
दुर्घटनामा ५ जनाको मृत्यु र विभिन्न ठाँऊमा आगलागी
मोरङ, जहदा गाउँपालिका १ भुटाहाचोकस्थित स्काईभेटरमा तेल राख्ने क्रममा स्काईभेटरको बकेटले थिचेर स्काईभेटर चालक ताप्लेजुङ्ग घर भएका २६ वर्षीय दिपक तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । बकेटले थिचेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकस्थित सडकमा मे।१ च ६४१३ नम्बरको बलेरो गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका ४१वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गुल्मी, दरबार गाउँपालिका(७ घुम्तीस्थित सडकमा लु। २३ प ५०६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बेलुका दुर्घटना हुँदा चालक चारपाला बस्ने ४५ वर्षीय राम बहादुर खत्रीको मृत्यु भएको छ । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा अन टेष्टलेखिएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिजय महतो सुडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धनुषा, सहिदनगर नगरपालिका-३ स्थित सडकमा ज।११ प ४७१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कमला नगरपालिका-३ बस्ने २२ वर्षीय रुपेश कुमार यादवको मृत्यु भएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कमला नगरपालिका-३ बस्ने २८ वर्षीय दिपक यादवको सोही अस्पतालमा उपचार भइरहेको स्थानिय प्रहरीले जनाएको छ ।
दाङ, राजपुर गाउँपालिका-७ गजमेरीस्थित सिग गजमेरी सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने शसराम राना मगरको घर र गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब १० लाख १६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पर्वत, पैयु गाउँपालिका-६ डाँडागाँउ बस्ने शेर प्रसाद गौतमको घर सहित ५ वटा घर र १२ वटा गोठमा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
रुपन्देही, रोहीणी गाउँपालिका-३ रामनगरस्थित बिजय डिस्टिलरी प्रालिको गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गुल्मी, मदाने गाउँपालिका-३ सिर्सिनेस्थित कोनौटा सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नोमी नेपालीको घर र गोठमा शुक्रबार बिहान आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका(७ झारबारीचोक बस्ने राम बहादुर खड्काको २ वटा घर, १ वटा भान्सा घर र १ वटा ग्वाली घरमा शुक्रबार राति आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
पर्वत, जलजला गाउँपालिका(७ चिउरीखर्क ठुलोभिर सामुदायिक बनको भिरमा सोही ठाउँ बस्ने ३६ वर्षीय मक्कर बहादुर केसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलबस्तु, मायादेबी गाउँपालिका-१ सेम्रौतीस्थित ईनारमा भारत घर भएका ३५ वर्षीय भरत पुरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दार्चुला, महाकाली नगरपालिका-९ दत्तुस्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिकृया