• २१ जेठ २०८३, बिहीबार
  • ४:३७ बिहान

भारतीय कामदार काठमाडौंबाट साउदी उड्दै

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:३२

काठमाडौं: साउदी अरबले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण भारतबाट हुने उडानमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपाल आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि साउदी अरब उडिरहेका छन् ।

भारतमा कोरोना संक्रमितहरु बढेपछि साउदी अरबले गत फेब्रुअरी महिनाको पहिलो सातादेखि भारतबाट सिधा उडान रोकेको थियो । साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

Kamana Sewa

फेब्रुअरी अघि विदामा घर आएका भारतीय कामदारहरुलाई साउदी रोजगारदाताहरुले रोजगारीमा फर्किन तोकेता गरेपछि उनीहरु नेपालको बाटो भएर साउदी जान सकिने एकीन गरेर काठमाडौं आएका हुन् ।

Classic Tech Desktop

नेपाल र भारतबीच एक अर्का देशका नागरिक अन्तर्राष्ट्रिय उडानबाट तेश्रो देशमा हवाई यात्रा गर्दा सम्बन्धित देशको दूतावासबाट प्रदान गरिने नो अब्जेक्सन लेटरको प्रावधान लागू गरेका छन् ।

सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न भारतीय कामदारहरुलाई नेपालस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर आवश्यक पर्छ । साउदी अरब जाने भारतीय कामदारहरू नेपाल आएर १४ दिन होटलमा ९क्वारेन्टिन० बसेर जाने गरेको बताइएको छ ।

नेपालबाट हाल हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई र कतार एयरवेजले उडान गर्दै आएका छन् । हालसम्म हजारौं भारतीय कामदारहरु त्रिभुवन विमानस्थलबाट साउदी अरब गएपनि त्यसको एकीन तथ्यांक भने नराखिएको बताइएको छ ।

साउदी अरबले भारतीय यात्रुवाहक उडानमा प्रतिबन्ध लगाएपछि हाल रित्ता भारतीय जहाज आफ्ना नागरिक लिन साउदी अरब जाने गरेका छन् । तर साउदी अरब जानुपर्ने भारतीय कामदार नेपालबाट उडिरहेका छन् ।

भारतीय कामदारहरु मात्र नभई बंगलादेशी नागरिकहरुले पनि नेपाललाई ट्रान्जिट बनाई नेपालको विमानस्थलबाट साउदी अरब उड्ने गरेको श्रोतले बतायो । साउदी अरबले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छैन ।

 

तर भारतीय नागरिकहरुले सुरक्षित मानिएका नेपाली विमानस्थल प्रयोग गरे साउदी अरबले नेपालबाट हुने उडानबाट खतरा महसुस गर्न सक्ने कतिपयको आँकलन रहेको छ ।

प्रतिकृया