• २ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

बैदेशिक रोजगारीमा गएका नेपालीका एकैदिन आए १७ शव, मलेसियाबाट मात्रै १२

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०१:५३

देशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये आइतवार बिहान विभिन्न समयमा १७ वटा शब नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।

National Life

 

आइतवार बिहान मलेसियाबाट मात्रै १२ जनाको नेपाल शव आइपुगेको छ । विमानस्थल स्रोतका अनुसार, कतारबाट २, टर्कीबाट ३ , मलेसियाबाट १२, जनाको शब आइपुगेको छ । यसअघि माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो । विमानस्थलमा आइपुगेका शवहरूमध्ये केही गोरखा जिल्लाको पनि रहेको थियो । गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवर, गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विकको, पनि शव आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

प्रतिकृया