• २४ भदौ २०८३, बुधबार
  • ९ः०९ राती

पाँच दशकअघि बन्देज लगाइएको खेसरी दालको उत्पादन र बिक्री किन रोकिएन ?

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:१९

काठमाडौं:  सरकारले खेसरी (दालको जात) उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।

National Life

 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।

सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक घरमा उत्पादन हुने गरेको बताए । उनले भने, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ ।”

उनका अनुसार तराईमा दालसहित खेसरी सागका रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन र उपभोग गर्न नहुने विषयमा त्यस क्षेत्रका स्थानीयवासीलाई जानकारी नै नभएको पनि उनले बताए । उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल खाने चलन छ तर बजारतिर भने त्यति धेरै नपाइने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया