• २४ भदौ २०८३, बुधबार
  • ९ः५६ राती

विद्यार्थीको बानी सुधार्न निर्घात कुटपिट र यातना

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:२३

काठमाडौं: गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन्।

National Life

 

२० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् । घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमँलक घटना हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन्। दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए ।

 

‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया