जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०३:०१
झापा: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका-९ बस्ने २३ वर्षीय रविन बिक रहेका छन् ।
शिवसताक्षी नगरपालिका-७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतबार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाघको छाला तथा हड्डी सहित पक्राउ
लमजुङ : बाघको छाला र हड्डी सहित दोर्दी गाउँपालिका-६ सिमी बस्ने मनराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उक्त छाला र हड्डी सहित पक्राउ गरेको हो ।
मनराजलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी बस्ने झापा दमक नगरपालिका-४ का पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी टुसालका प्रभु कृष्ण थापा र दिवाकर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
होटलमा खाजा खाने क्रममा साथी साथी बिच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछिप्रहरीलेपक्राउ गरेको हो । गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर भएको प्रहरीले जनाएको छ।
अवैध लागूऔषध सहित पक्राउ
मोरङ केराबारी गाउँपालिका-१० बगैँचा बाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २९ वर्षीय रण बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । को.१९ प ९४२ नम्बरको मोटरसाइकलजाँच गर्नेक्रममा बोरामा लुकाई ल्याएको लागूऔषध फेला पारी चालक रण बहादुरलाई पक्राउ गरेको हो ।
झापा,मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट १ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-४ का विवेक नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका विवेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।







प्रतिकृया