• 3:16 am

महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल, ‘लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०३:१८

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाको एक बर्ष पुग्दा पनि महामारी मुक्त नभएकोले संयम र सचेत रहन आफ्ना नागरिकलाई अपिल गरेको छ। नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय,  विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ , विज्ञप्तीमा भनिएको छ।

नागरिकहरुमा कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो आचार–विचार र व्यवहार हुन थालेको छ । खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण हुन सक्ने भन्दै कोरोना विरूद्धको खोप लगाइकाहरूले समेत अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाको पालना गर्न अनुरोध गरेको छ।

प्रतिकृया