• २९ भदौ २०८३, सोमबार
  • १२ः३० दिउँसो

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:३३

पर्सा:वीरगंज महानगरपालिका-१६ ईनर्वागाँउबाट लागूऔषध डाइजेपाम ६३ एम्पुल, नुर्फिन ६२ एम्पुल र प्रोमाथाइजिन ६३ एम्पुल सहित धादिङ निलकण्ठ  नगरपालिका-८ बस्ने २६ वर्षीय शिव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

त्यस्तै धनपालथान गाउँपालिका-३ दशगजा छेउबाट नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स ५ बोतल, नाइट्राजेपाम १ हजार २ सय ट्याब्लेट र स्पास्मो प्रोकस्भिन  पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका- ४ का बस्ने अल्बिन राई र सोही नगरपालिका-६ का भुपेन्द्र बिष्ट रहेका छन् । को.२९ प ३१३६ नम्बरको स्कुटरलाई सहित फेला पारी स्कुटर चालक राई र स्कुटरमा सवार बिष्टलाई पक्राउ गरेको हो ।

प्रतिकृया