• ११ असोज २०८३, आइतबार
  • ८ः२३ राती

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०८:४७

आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ ।

National Life

आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ ।

पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।

तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ ।

वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ ।

ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ । सर्वेका लागि सो क्षेत्रमा कोस्टगार्ड हेलिकप्टर पठाइएको छ ।

एजेन्सी

प्रतिकृया