• ९ असोज २०८३, शुक्रबार
  • २ः२२ दिउँसो

नेपालमै पहिलो पटक मिक्स जेण्डर ग्रुपमा यू-१३ क्रिकेट टुर्नामेन्ट हुदै

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०१:००

भक्तपुरः भक्तपुरको लोकन्थली स्थित भक्तपुर निस्ट स्कुलले आयोजना गरेको यु- १३ क्रिकेट टुर्नामेट आजबाट सुरु भएको छ । यू-१३ उमेर समुहमा तथा मिक्स जेण्डर समुहमा हुने यो प्रतियोगिता नेपालमै  पहिलो पटक आयोजना हुन लागेको हो। भक्तपुर निस्ट स्कुलको आयोजनामा सुरु हुन लागेको  यस प्रतियोगितामा  जम्मा ९ टिम सहभागी हुने आयोजक बिद्यालयले जनाएको छ। खेलमा महिला सहभगीतालाई समेत प्रोत्साहन गर्ने उद्देश्यले  १६ सदस्य  टिममा   ३ जना महिला  खेलाडी अनिवार्य गरिएको छ।

National Life

खेलको टाईसिट पनि तयार भएको आयोजकले जनाएको छ । टिम विभाजनमा पुल ‘ए’ मा पाँचवटा बिद्यालय रहेका छन्। एन्जल हर्टस एकडेमी, अक्षरा स्कुल, ओयसिस एकेडेमी, भक्तपुर निष्ट स्कुल बि, ग्रेट हिमालयन क्रिकेट एकडेमी, रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै पुल ‘बि’ मा ४ वटा बिद्यालयका टिम रहेका छन् ।  भक्तपुर निष्ट स्कुल टिम ए, आदर्स जनप्रेमी स्कुल, डिएभि स्कुल र त्रियोग स्कुल रहेको छ ।

२०/२० लिग नकआउट मोडलमा खेलाईने यो खेल चैत्र १४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। फाईनल खेलमा बिजेता हुने टिमले ट्रफी र सम्मान पत्र प्रदान गरिने छ। आज उद्घाटन सत्रको पहिलो खेल भक्तपुर निस्ट टिम ‘बी’ र आदर्स  जनप्रेमी स्कुल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रमुख एम्पायरको भुमिकामा क्यानका व्यावसायीक एम्पायर धर्म शाक्य रहेका छन भने  कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले प्रमुख अतिथीको रुपमा खेलको अवलोकन गर्ने भक्तपुर  निस्ट कलेजका प्रिसिपल दिलिप रानाले  ले बताए।

खेल उद्घाटन समारोहमा भक्तपुर निस्ट स्कुलका चियरमेन चन्द्र अधिकारी,  निस्ट फाउन्डेसनका चियरपर्सन माधव प्रसाद बराल, प्यापसन ठिमी नगरका नगर सभापती तथा आदर्स  जनप्रेमी स्कुलका प्रिन्सीपल निलेस आचार्य  र भाईस प्रिन्सीपल एस के थपलिया लगायतको उपस्थिती रहेको थियो।

 

 

 

 

प्रतिकृया