• २८ भदौ २०८३, आइतबार
  • २ः१७ राती

माओवादीले बोलायो स्थायी समिति बैठक

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०९:५८

काठ्माण्डौ: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बस्ने बैठकले पछिल्लो राजनीति घटनाक्रम र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ ।

National Life

 

आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी केन्द्रीय कमिटी बैठक बसेर माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गर्दै जिम्मेवारी दिइसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल हुने बताइएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका साथै समग्र विषयमा छलफल हुने बताए ।

प्रतिकृया