लागुऔषध विनसिरेक्स र नाईट्रोभेट सहित दुईजना पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार १०:११
वीरगञ्ज : लागुऔषध विनसिरेक्स र नाईट्रोभेट ट्याव्लेटसहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन् ।लागुऔषधसहित पक्राउ पर्नेमा दोलखा झुले गाउँपालिका २ घर भई हाल चितवन टाँडी नगरपालिका २ बस्ने २० वर्षका सुरज कार्की र मकवानपुर हटौँडा उपमहानगरपालिका ३ बस्ने ३५ वर्षका विकास लामा रहेका छन् ।
कार्कीलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोक स्थितमा वीरगञ्जबाट जाँदै गरेको बसबाट लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध नाइट्रोभेट ७५ पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
यस्तै लामालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज १६ बाट प्रहरीले पक्राउ गरेको हो । ना ४४ प २६५७ नम्बरको स्कुटरमा सवार उनको साथबाट लागुऔषध विनसिरेक्स १०० एमएल को २४५ बोतल र नाईट्रोभेट ७५ ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका लामा र कार्कीलाई लागुऔषध शिर्षक मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।






प्रतिकृया