• २६ भदौ २०८३, शुक्रबार
  • ९ः१६ राती

सरकारमा रहेका नेताहरुलाई फिर्ता हुन माओवादीको निर्देशन: २३ जनालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार १०:१९

काठमाण्डौ: नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ भने एमालेमा केन्द्रीय सदस्य बनेका केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

National Life

माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो । उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।

शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार एमालेले माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा रहेका छन् ।

 

प्रतिकृया