• १२ असोज २०८३, सोमबार
  • ९ः५४ बिहान

सिमेन्टले भरिएको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०९:३२

काठमाडौं, फागुन २६ । भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंका आईरहेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ ।

National Life

पृथ्वीराजमार्गको बेनीघाटबाट लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया