• ९ असोज २०८३, शुक्रबार
  • ७ः२९ बेलुका

आइपिएल सिजन २०२१ अक्सनमा बिकेनन् सन्दीप

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ०१:०६

काठमाडौं: नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन्।

National Life

सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्।

यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अक्सनको अन्तिम समयमा कुनै टिमले राख्न देखाएमा सन्दीप न्यूनतम पारिश्रमिकमा आबद्ध हुने सक्ने सम्भावना भने छ।

सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए।

उनी २०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेन। सुरुवाती दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेका थिएनन्।

सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।

गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्।

प्रतिकृया