हिमपातको सम्भावना यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०७:५७
काठमाडौँ- आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।
देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ। हिमपातको पूर्वानुमान यस्तो छ तीन दिनको मौसम पूर्वानुमान-
माघ २३ गते शुक्रबार
दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश(१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।
राति स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश(१ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू(भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
माघ २४ गते शनिबार
दिउँसो स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश( १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी र हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
रातिस् प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
माघ २५ गते आइतबार
दिउँसो स् देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।







प्रतिकृया