तीनवर्षमा सोह्र सयकि.मी सडक बन्यो -बागमती प्रदेश सरकार
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०६:५६
काठमाडौं-बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित ९ग्राभेल०, २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।
उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिटर सडक निर्माणका लागि सर्भेको काम सम्पन्न भएको छ । यस अवधिमा ३३ वटा नयाँ पुल निर्माण गरी उद्घाटन सम्पन्न भइसकेको छ भने ४५ वटा पुल निर्माणाधीन रहेका छन् । त्यसैगरी ४३ वटा पुल निर्माण गर्न सर्भे सम्पन्न भइसकेका छन् । सर्भे भएका सडक निर्माणका लागि चालू आर्थिक वर्षमा नै ठेक्कापट्टाको काम सम्पन्न गरिने छ ।
मन्त्री फुयालका अनुसार यस अवधिमा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशभरि एक हजार ३५४ वटा घरको निर्माण सम्पन्न भएका छन् । त्यसैगरी ५३ वटा सार्वजनिक भवन निर्माण र २९ वटा पार्क निर्माण भएका छन् उहाँका अनुसार ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारालाई साकार पार्ने उद्देश्यसहित यस अवधिमा ३३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







प्रतिकृया